
पाल्पा । नेकपा एमालेमा पार्टी पर्बेश कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न २ मा नेकपा माओवादी केन्द्रका र नेपाली कांग्रेसबाट १५ जना सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।
वडा न २ का वडा कमिटी अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष पदम बहादुर कुमाल , वडा कमिटी अध्यक्ष पदम अधिकारी, बिष्णु बहादुर कुमाल, हरिमाया अधिकारी, मन बहादुर कुमाल , बसन्ती कुमाल ,सुर्य बहादुर कुमाल ,तेज बहादुर कुमाल लगायत माओवादी केन्द्रका अन्य सदस्यहरु प्रवेश गर्नु भएको छ । त्यसै गरि नेपाली कांग्रेसबाट जुना माया सार्कि ,गिरबाहादुर दर्जी ,माया अधिकारी लगायत नेकपा एमाले मन पराएर प्रवेश गर्नु भएको छ ।
वडा सदस्य खड्ग बहादुर नेपालीको स्वागतबाट सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले पोलिट्व्युरो सदस्य दल बहादुर राना प्रमुख अतिथि रहनु भएको छ । प्रमुख अतिथिले बिकास र समृद्धि नेकपाएमालेले मात्र गर्न सक्छ भन्दै नब प्रबेशिहरुलाइ स्वागत गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य एब नगर सह इन्चार्ज दुर्गा देबि राना, भेष बहादुर बंशी , पेशागत महासंघ केन्द्रिय उप महासचिव शिब अर्याल लगायतले आफ्ना कुरा राख्नु भएको थियो । नब प्रबेशी पदम बहादुर कुमालले आफु एमालेमा एमालेको नेतृत्व र बिकास देखेर एमालेमा प्रवेश गरेको बताउदै एमाले बाहेक अरुले देश को नेतृत्व लिन नसक्ने बताउनु भएको छ । कार्यक्रमको सन्चालन सचिव खुम बहादुर कुमालले गर्नु भएको हो ।