नेकपा एमाले रामपुरको मेयरमा अधिवक्ताः अर्याल

बाेलीखबर   ११ बैशाख २०७९, आईतवार १३:१३

रामपुर । अधिवक्ता शिव अर्याल पाल्पाको रामपुर नगरपालिकाको मेयर पदको लागि एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएको छ ।

पाँच दलीय गठबन्धनले मुलुकभरि दब्दबा कायम राखेका बेला एमालेका युवा नेता अर्यालले रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो ।

रामपुर यस अघि नेपाली काङ्ग्रेसले जितेपनि यस पटक अर्यालले रामपुरको मेयरमा आफूले जित्ने दाबी गर्नु भएको छ ।

‘एमालेबाट मलाई रामपुर नगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस गरेर सहयोग गर्नुभएको छ । सबैलाई धन्यावाद’, दिदै भने, ‘रामपुर एमालेको राम्रो नगरपालिका हो । एमालेको जित सुनिश्चित छ ।’उहाँ भन्नु भएको छ ।