एमाले पाल्पाका उम्मेदवारकाे टुँगाे लगायाे, यी हुन् उम्मेदवार (सूचीसहित)

बाेलीखबर   ११ बैशाख २०७९, आईतवार १३:३६

पाल्पा । नेकपा एमाले पाल्पाले पाल्पाका स्थानीय तह निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको छ ।

पाल्पा जिल्लाका १० पालिकाको शनिवार नेकपा एमालेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको नेकपा एमाले पाल्पाले जनाएको ।
पाल्पामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेकोछ । तानसेन नगरपालिकमा प्रमुखमा धनेन्द्र राज घिमिरे र शशी श्रेष्ठलाई उपप्रमुखमा लाई उम्मेदवार बनाएकोछ । घिमिरे एमाले पाल्पाको जिल्ला अध्यक्ष समेत हुन् भने श्रेष्ठ यसअधिका कार्यपालिका सदस्य हुन् ।

रामपुर नगरपालिकामा प्रमुखमा शिव अर्याल, उपप्रमुखमा दुर्गादेवी रानालाई अगाडी सारेको छ । राना अधिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका हुन् ।

निस्दी गाउँपालिकाको अध्यक्षमा मुक्त बहादुर सारु, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठलाई छनौट गरेको छ । सारु निर्वाचित पालिका अध्यक्ष समेत हुन् । पार्टीले सारुलाई नै निरन्तरता दिएको छ ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नुन बहादुर थापा र उपाध्यक्षमा भागिरथी शर्मा भट्टराई, रम्भा गाउँपालिकामा अध्यक्षमा विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठलाई अगाडी सारेको छ । हालको अध्यक्ष तथा उपाध्यक्षलाई नै निरन्तरता दिएको एमाले पाल्पाले जनाएको छ ।

वगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकलाई उम्मेदवार बनाएको छ । चिदी यसअधि उपाध्यक्ष हुन् । तिनाउ गाउँपालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ र उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ ।

माथागढी गाउँपालिकको अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङचेललाई अधिसारेको छ । त्यस्तै रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नारायण जिसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेदवार बनाएको छ । जिसी र खनाल पुरानै अनुहार हुन् । रैनादेवी छहरामा राम बहादुर राउत र उपाध्यक्षमा गीता भट्टराईलाई उम्मेदवार बनाएको छ ।