
पाल्पा । स्थानीय तहको निर्वाचनका लागि रामपुर नगरपालिकामा आईतबार मंगोल नेशनल अर्गनाईजेशनले नगर प्रमुख र उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । नगर प्रमुखमा माया सुनारी र उप–प्रमुखमा भिम बहादुर आलेले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले जानकारी दिए ।
रामपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगाएतका दलहरुले सोमबार मनोनय दर्ता गर्ने जनाएको छ । यस्तै कार्यालयले मनोनय दर्तालाई व्यवस्थित बनाउन निर्वाचन कार्यालयले रामपुर नगरपालिकाका राजनैतिक दलहरु संग छलफल गरेको छ ।
निर्वाचन आयोगले आइतबार देखि ७ सय ५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजे सम्मको समय तोकिएको छ ।