निस्दीमा पाटाको स्वतन्त्र उम्मेदवारी दर्ता

बाेलीखबर   १२ बैशाख २०७९, सोमबार १७:२८

पाल्पा । निस्दी गाउँपालिकामा नेकपा एमाले पाल्पाका जिल्ला सदस्य दमन सिंह पाटाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेकाे हाे ।

पाटा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य एवं निस्दी इन्चार्ज हुन् । नेकपा एमालेको तर्फबाट अध्यक्षमा टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको पाटाले बताएका छन् । नेकपा एमाले निस्दी गाउँपालिकामा मुक्त बहादुर सारू र उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।