पाल्पा । रामपुर नगरपालिकामा ५ जना मेयरको उमेदवारी दर्ता गराएका छन् । देशभर आज भएको मनोनयन दर्ता भएको छ ।
पाल्पा जिल्ला रामपुर नगरपालिकामा पनि सोमवार विभिन्न राजनितिक दलले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट मेयर पदमा शिव अर्याल र उपमेयर पदमा दुर्गा देवि रानाले मनोनयन दर्ता गराएका हुन् ।नेपालि काग्रेसबाट मेयर पदमा रमण बहादुर थापा र उपमेयरमा बाल कुमारी थापा, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट प्रमुख पदमा राजेन्द्र ढकाल र उपप्रमुख पदमा गायत्री न्यौपानेले उम्मेदवारी दिएका छन् ।
मङ्गोलबाट प्रमुख पदमा माया सुनारी र उपप्रमुख पदमा भिम बहादुर आलेले उम्मेवदवारी दिएका छन् ।
यता नेपाली काग्रेसका भातृ सगंठन तरुण दलका क्षेत्रिय सभापति प्रेम श्रेष्ठले स्वतन्त्र उमेदवारी दर्ता गरेकाे निर्वाचन अधिकृत श्याम कुमार श्रेष्ठले जानकारी दिएका छन् ।