
पाल्पा रामपुर नगरपालिकामा सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टिले आफ्नो उमेदवारी दर्ता गराएको छ । रामपुरलाई रामको तपोभुमि वनाउने उदेश्यका साथ वढ्दो अशान्ति र हिंसाका विरुद्ध हिन्दु राज्य कामय गर्नका लागि उमेदवारी दिएको मेयर पदका उमेदवार राजेन्द्र ढकालले जानकारी दिनु भएको छ । राप्रपाका तर्फवाट मेयर पदका उमेदवारमा राजेन्द्र ढकाल र उपमेयर पदमा गायत्री न्यौपाने रहनु भएको छ भने वडा न ३ मा गोविन्द भट्टराई अध्यक्ष पदमा उमेदवारी दिनु भएको छ । वडा न ४ अध्यक्षमा मुहमद अलिम , वडा न ५ मा दुर्गा प्रसाद पोखरेल अध्यक्ष लुक बहादुर ठाडा र सुरेश मल्ल वडा सदस्य र देवि माय दमै दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नु भएको छ ।
त्यसै गरि वडा न ६मा अध्यक्षमा हरि प्रसाद भण्डारि बृहस्पति अर्याल र दिपेन्द्र भट्टराई वडा सदस्य मा उमेदवारी दिनु भएको छ भने श्यामकला कुमाल महिला सदस्यमा र लक्ष्मि परियार दलित महिला सदस्यको उमेदवार रहनु भएको छ । त्यसै गरि वडा न ८मा कृष्ण अर्याल अध्यक्ष पदमा र हरि प्रसाद न्यौपाने वडा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । वडा न १०मा बिष्णु भण्डारि वडा अध्यक्षको दावेदार रहनु भएको छ ।
मनोनयन दर्ता गर्र्न जानु अघि राम मन्दिरमा गई भगवानलाई साक्षि राखि रामको नाम उकास्ने कसम खादै भ्रष्ट र भ्रष्टाचार नगर्ने हिन्दु राज्य स्थापनाको निम्ति लाग्ने वताउदै कसम खाएर मात्र दर्ता गर्न ठाउँ सम्म गएका थिए ।
