
पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि पाल्पाको निस्दी गाउँपालिकामा मनोनयन दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षतामा ५ जना र उपाध्यक्षमा ३ जनाको मनोनयन दर्ता भएको छ ।
नेकपा एमालेको तर्फ बाट मुक्त बहादुर थापा, गठबन्धनको तर्फ बाट कांग्रेसका गोपाल अर्याल, स्वतन्त्र बाट दमन सिंह पाटा, मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट निरन्जन सुनारी र जनता समावादी पार्टीका राजकुमार गाहाले उम्मेदवारी दिएकाे हो । त्यस्तै उपप्रमुखमा एमालेको तर्फबाट तिरण कुमारी श्रेष्ठ, गठबन्धनमा माओवादीको तर्फबाट रामप्रसाद खत्री र मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट उपाध्यक्ष धनमायाँ सारुले मनोनयन दर्ता गराएका छन् ।
निस्दीको वडा अध्यक्षहरुमा १ नं मा नेपाली कांग्रेस बाट पूर्ण बहादुर खाँण, एमाले बाट यम बहादुर राना, माओवादी केन्द्र बाट कृष्ण बहादुर जिसी, २ नं वडामा एमाले बाट फत्ते सिंह दर्लामी र कांग्रेसबाट यम बहादुर मश्राङ्गी, वडा नं ३ मा एमालेको तर्फ नविन्द्र सोती, कांग्रेसबाट धन बहादुर खण्डलुक, वडा नं ४ मा एमालेबाट सन्तवीर सुनारी, गठबन्धनबाट माओवादी केन्द्रका भुपिन्द्र सुनारी, वडा नं ५ मा एमालेबाट दुर्गा बहादुर सोमै, गठबन्धनबाट माओवादी केन्द्रका कालुराम सारु, वडा नंं ६ मा एमालेबाट मेख बहादुर सुनारी, गठबन्धनबाट कांग्रेसका गगन खन्गाहा, वडा नं ७ मा एमालेका मुक्त बहादुर पाटा, गठबन्धनबाट कांग्रेसका मोहन राक्से र मंगोल नेशनल अर्गनाईजेसनबाट टेक बहादुर गाहा गरी ७ वडा अध्यक्षको लागि १६ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रत्येक वडाहरुमा १/१ जना महिला सदस्यको लागि १५ जना, १/१ जना दलित महिला सदस्यको लागि १४ जना र २/२ जना खुल्ला सदस्यको लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिएका छन् ।
निस्दी गाउँपालिका ४ को मित्याल स्थित निर्वाचन अधिकृतको कार्यालयमा एमाले र गठबन्धनका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु पञ्चे बाजाका साथ पुगेका थिए ।