निस्दीमा चट्याङले ३ लाख बराबारकाे क्षति

धनबहादुर ठाडा   १६ बैशाख २०७९, शुक्रबार १३:२७

पाल्पा । निस्दीमा बिहीबार साँझ परेको चट्याङले निस्दी सव डिभिजन बन कार्यालयको विधुतीय सामग्रीमा क्षति पुर्‍याएको छ । निस्दी गाउँपालिका – ४ , मित्याल स्थित कार्यालमा रहेको डेक्सटप, ल्यापटप , प्रिन्टर , इन्भटरका साथै इन्टरनेटको उपकरणहरू पुर्णरुपमा क्षति भएको कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताएका छन्।

सोलारपावरको प्यानलमा समेत क्षति पुर्‍याएको अधिकारीले बताए  । यसरी क्षति भएको विधुतीय उपकरणको मुल्य करिब ३ लाख बराबर रहेको छ । बिहीबार बेलुका ६ बजेतिर चट्याङसहित परेको असिना पानीले अन्य धेरै ठाउँमा नोक्सान पुर्‍याएको खबर आएको छ ।