
पाल्पा । रामपुर नगरपालिका वडा न २ भलायटारमा आगलागी भएको छ । राति करिब १० दश बजे तिर पदम कुमालको घरमा आगो लगेको हो । उहाँका अनुसार करिब राति साढे १० मा सास फेर्न गार्हो भएको पछि मात्र आफु उठेको बताउनु भएको छ । कुमाल नेकपा एमाले वडा न २ का वडा कमिटी सदस्य समेत हुन् ।
फ्रीज, पसलका सामान, ट्याक्टरमा राख्ने मोबिल लगायतका सामान सबै जलेको छ । मानबिय क्षति नभए पनि धनजनको क्षति भएको छ । स्थानीयका अनुसार आगो लागेको प्रकृति हेर्दा कसैले लगायको हुन सक्ने देखिन्छ ।
घरको तल ढोकाको चौकोस जलेको छैन तर ढोका को माथिल्लो चौकोश जलेको देख्दा स्थानीयले शङ्का गरेका छन ।
ईलाका प्रहरी कार्यालयका अनुसार तिन तले घर र त्यहाँ भएका सरसामान र १० वडा कुखुरा पुर्ण रुपमा जलेर नस्ट भएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरी इनिस्पेक्टर लक्ष्मण देबकोटाले बताएउनु भएको छ ।