
१७ बैशाख – नेकपा एमालेका तर्फ बाट रामपुर नगरपालिकाका लागी मेयर पदका उम्मेद्वार शिब अर्यालले नागरिकलाई वडा कार्यालय बाटै अधिकतम सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
रामपुर नगरपालिका वडा नं. ९ को संयूक्त चुनावी भेलालाई संबोधन गर्दै अर्यालले नागरिकलाई ससाना कामका लागी रामपुर नगरपालिका कार्यालय सम्म धाउनुपर्ने बाध्यता रहेको भन्दै अर्यालले नेकपा एमालेले जितेमा धेरै सेवा वडा कार्यालय मार्फत नै सञ्चालन गर्ने बताउनुभएको हो । अर्यालले वडा कार्यालयले गरेका सिफारिशहरूलाई सबै कार्यालयहरूले कार्यान्वयन गर्ने व्यवस्था मिलाउने समेत बताउनुभएको छ ।
कर, राजश्व, अन्य दस्तुर, सेवा शुल्क वार्ड कार्यालयबाट सरल र सहज ढंगले चुक्ता गर्ने व्यवस्था मिलाउने र डिजिटल रामपुर बनाउदै लगीने बताउनुभयो ।
वडाभित्र योजनाको सम्झौता, अनुगमन, मूल्याङ्कन र बजेट निकासा वडा कार्यालयबाटै प्रवाह गर्ने समेत बताउनुभयो ।
भेलामा उपप्रमुख पदकी उम्मेद्वार दुर्गा देबि रानाले न्याय सुसासन समृद्धि ,महिला लाइ आत्म निर्भर बनाउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
एमालेले रामपुर नगरपालिकामा जितेमा घर भवनको नक्सापास वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाउने समेत जनाएको छ ।
त्यस्तै युवालाइ रोजगारी श्रीजना गर्ने र आत्मनिर्भर बनाउदै लगीने बताउनु भएको छ ।