चुनावी प्रचारप्रचारमा आक्रमण प्रति एमालेद्धारा भर्त्सना (प्रेस बिज्ञप्ती सहित)

बाेलीखबर   १८ बैशाख २०७९, आईतवार २२:५७

स्थानिय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेको चुनावी प्रचारप्रचार कार्यक्रमको शिलशिलामा आज रामपुरमा आक्रमण भएको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले रामपुर नगरकमिटि पाल्पाले प्रेस विज्ञप्ती निकालेर शान्तिपूर्ण रुपमा आफूहरुले रामपुर नगरपालिकाको वडानम्बर १० मा कार्यक्रम गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले हातहतियार सहित आफ्ना कार्यकर्तामाथी आक्रमण गर्नु दुःखद भएको जनाएको छ । नेकपा एमाले रामपुर नगरकमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफूहरु द्धन्द नचाहादा नचाहादै पनि आक्रमणमा परेको उल्लेख छ ।

तर यता नेपाली कांग्रेसले भने नेकपा एमालेले आफ्ना कार्यकर्तामाथी आक्रमण भएको आरोप लगाएको छ । नेपाली कांग्रेस नगर कार्यसमिती सभापति नेत्रप्रसाद भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफूहरुको कार्यक्रम विथोल्न ठूलो संख्यामा युवा खटाइएको टिप्पणी गरेको छ ।