
पाल्पा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामपुर नगरपालिका प्रचारप्रसार तथा घरदैलो तिव्रता बढाएको छ । आज (सोमबार) रामपुर नगरपालिका वडा नं. ३ मा घरदैलो कार्यक्रम सहित कोण सभा सम्पन्न भएकोछ । घरदैलो कार्यक्रममा कार्यकर्ता उत्साहित भएर सहभागि भएको नेकपा एमालेले जनाएको छ ।
कोण सभामा बोल्दै मेयर पदका उम्मेदवार शिव अर्याले जनताका दुःख सुखमा सहयोगी बन्दै सेवा गर्ने इच्छा ब्यक्त गर्नुभएको हो । अर्यालले शिक्षा स्वस्थ्य र रोजगारका सवलमा आफू जनतासंगै जनताको मनोभावना बुझेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नुएकोछ ।
घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार दुर्गा देवी रानाले नयाँ र सुशसनका लागि आफनो उम्मेदवारी रहेको बताउनु भएको छ ।
उहाँले आइतबार भएको चुनावी सभालाई इन्कित गर्दै, गुडागर्दीको राज समाप्त हुन लागेकोले नेपाली कांग्रेस निभ्न लागेको बत्ती जस्तै उत्तेजित भएको छ ।
हामी संयता अपनाएर मात्रै ठूलो घटना हुनबाट जोगिएको भन्दै अब त्यस्तो भएमा चुप लागेर नबस्ने समेत घोषणा गर्नुभएको छ ।
कोण सभामा नेकपा (एमाले) पोलिट्ब्यरो सदस्य एवं पूर्वमन्त्री दलबहादु राना, प्रदेश कमिटी सदस्य माननीय युवराज खनाल लगायत पार्टी नेतृत्वको उपस्थिती रहेको थियो ।