
पाल्पा । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेकाेछ । “रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याएकाे हाे ।
नगर प्रमुख पदमा निर्वाचित भएमा नमुना डिजिटल रामपुर बनाउने मेरो सङ्कल्प छ,” उनले भने। अहिले सम्म वडा कार्यालय आफ्नै छैनन वडा कार्यालय भाडाका घरमा सञ्चालन भइरहेको हुँदा त्यसको व्यवस्थापन गरी सहज सेवा दिने र प्रत्येक वडा वडामा एम्बुलेन्स सेवा सञ्चालन गरेर प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता अर्यालले व्यक्त गरेका छन् ।
विकासका पूर्वाधारहरुलाई स्तरोन्नति गर्ने र अधुरा कामलाई पूरा गरी अबको पाँचवर्ष भित्र रामपुरलाई स्वास्थ, शिक्षा, खानेपानी ,लगायतका आधारभुत सेवा सहितको सामाजिक न्यायकाे ग्यारेन्टी, समुन्नत र नमूना नगर बनाउने योजना सहित यहाँका उम्मेदवारहरु चुनाव प्रचार अभियानमा लागेका छन् । रामपुर नगरपालिकाको समग्र विकास गरी नागरिकको जीवनस्तर उकास्ने उद्घोष गर्दै मानब बिकास अन्तरगत आत्मनिर्भर बनाउदै लैजाने बताएका छन् ।
अर्यालले आफु निर्वाचनमा विजयी भएमा रामपुरमा रहेको अस्पतालको सेवा प्रभावकारी बनाउने, प्रत्येक वडामा एक दरबन्दी डाक्टर सहितको स्वास्थ्यसेवा दिने, डिजिटल रामपुरको परिकल्पना सहित घरमै बसी बसी जेष्ठ नागरिक तथा एकल महिलालाई भत्ता बुझ्ने व्यवस्था, पानी, विद्युत लगायत राजस्व तिर्न समेत सहज सेवा, नगरभरी फ्रि इन्टरनेट सेवा दिने संकल्प गरेकाेछ । अर्यालले इमेल इन्टरनेट र प्रविधिको विकास भएको यो समयमा सामान्य कुरालाई पनि जनताले सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै सेवालाई सकेसम्म सहज रुपमा उपभोग गर्ने वातावरण मिलाउने समेत बताएका छन् ।
एमालेको तर्फबाट उप मेयर पदकी उमेदवार दुर्गादेवी रानाले स्वरोजगार कार्यक्रम, कृषिमा एक नगर एक विशेष उत्पादन कार्यक्रम, नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन, एक वडा एक उद्यान कार्यक्रम र हवाई मैदान निर्माण जस्ता योजना सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पर्यटन प्रवद्र्धन, खानेपानी, फोहरमैला व्यवस्थापन जस्ता विषयलाई चुनावी नारा बनाएर भिजन र मिसन सहित काम गर्ने बताएका छन् ।