
पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । २ घाइते भएका छन् ।
बुटवलबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाहु गाउँपालिका ३ चरचरेमा दुर्घटना हुदा रामपुर ३ गण्डकीढिक स्थायी घर भइ रामपुर ५ बेझाडका सुर्य प्रसाद श्रेष्ठको ज्यान गएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुभयो । त्यस्तै रामपुर ३ का २७ बर्षका गाडी चालक खेम बहादुर खाम्चा र सोही स्थानका ४६ बर्षका टुकनारायण श्रेष्ठ घाइते हुनुभएको छ । घाइतेको उपचार भइरहेको छ ।