
पाल्पा । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) तर्फबाट मेयर तथा उपमेयर उम्मेदवारका बीच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले)को तर्फबाट चुनावी मैदानका उक्रिनु भएका प्रमुख तथा उपप्रमुखको आम समुदायका लागि संकल्प तथा प्रतिवद्धता विषयमा कार्यक्रम भएको हो ।
पत्रकारहरुको प्रश्नमा नेकपा (एमाले)को तर्फबाट प्रमुख पदमा प्रत्यासी अर्यालले जनताले आफूलाई विजयी बनाउनु भयो भने डिजिटल रामपुरको संकल्प प्रस्तुत गर्नुभएको छ । अर्याल रामपुरबासीको आधारभुट आवश्यकतालाई कुनै पनि कसुर बाँकी नराक्ने समेत बताउनु भएको छ ।
कार्यक्रममा युवा लक्ष्यित कार्यक्रमलाई अघि सारेको छ । जेष्ठ नागरिकहरुलाई बृद्धभत्ता लिनलाई बैंकमा लाईन लगाएर बस्नु पर्ने झन्झातलाई मुक्तगरी प्रत्येक घरघरमा पुर्याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।
प्रत्येक वडाहरुमा विशेषज्ञ डाक्टर सहितको एम्बुलेन्स सेवा लागु गर्ने बताउनु भएको छ । त्यस्तै कालीगण्डकी डाईभर्सन कुनै पनि हालतमा गर्न नहुने बताउनु भएको छ । हामीले यो कालीगण्डकीको पानीलाई सदुपयोग गर्न नसकेर यो डाईभर्सनको कुरा उठेको तर्क गर्नुभएकोछ । अब हामी यो कालीगण्डकीलाई सिंचाई तथा लिप्टिङ्गबाट प्रशस्तमात्रामा पानीको सदुयोग गरी कृषि क्षेत्रमा नयाँ आयम थप्दै रामपुरबासी तथा चापाकोट बासीको आर्थिक स्तरमा बृद्धि गराउने बताउनु भएको छ ।
यता नेपाली कांग्रेसको रामपुरले प्रमुख पदमा रमण बहादुर थापालाई नै दोहोर्याएकोछ भने उपप्रमुखमा बालकुमारी थापालाई अघि सारेको छ । नेपाली कांगेस रामपुरले रामपुरबासीहरुका लागि आफूनो संकल्प प्रस्तुत गरिसकेको छ । संकल्पमा रामपुर १ बर्ष भित्र हिलो रहित रामपुर नगर तथा निशूल्क विद्युत सेवालाई मुख्य एजेण्ड बनाएको छ ।