नक्सा फेर्न सक्ने एमालेले देशको मुहार फेर्छः उपमहासचिव ज्ञवाली (फाेटाे सहित)

बाेलीखबर   २७ बैशाख २०७९, मंगलवार २०:१७

पाल्पा । स्थानीय तह निर्वाचनकाे पूर्व सन्ध्याम नेकपा एमालेका रामपुरले चुनाबी कोण सभामा सम्पन्न गरेकाे छ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले  बोल्दै देशको नक्सा फेर्न सक्ने एमालेले देशको मुहार फेर्ने बताउदै एमाले मात्र यस्तो पार्टी हो जसले जन भावना बुझेर ठुलो तथा सानो सबै खाले बिकास गर्न सक्छ भन्दै नेकपा एमालेका उमेदवारहरुलाइ मतदान गर्न आग्रह गर्नुभएको छ ।

रामपुर नगरपालिका वडा न १० को घरदैलो पछिको कोण सभामा बोल्दै मेयर पदका उमेदवार अर्यालले शिक्षा स्वास्थ रोजगारका बिषयमा बोल्दै प्रत्येक वडामा डम्पिङ साइड निर्माण गर्ने , प्राबिधिक शिक्षालय निर्माण गर्ने, प्रत्येक वडामा वाइफाइ जोन बनाउने, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने, प्रमुख बाटाहरु कालोपत्र गर्ने , भित्री सबै बाटाहरु ग्राबेल गर्ने युवा स्वरोजगारका लागी रोजगार श्रीजना गर्ने बताउनु भएको छ ।

कोण सभामा उपमेयर पदका उमेदवार दुर्गा देबि रानाले बोल्दै बिकास , समृद्धि न्याय र समानताका लागि आर्थिक उन्नतिका लागी राज्य मुल धारमा सिमान्तकृत बर्गको प्रतिनिधित्व गर्ने बताउनु भएको छ । हजारौंको संख्यामा उपस्तिथित कार्यकर्ताको बिचमा जनगायक बद्री पङेनिले आफ्नो प्रस्तुति राख्नु भएको छ ।