आज देशभर मतदान हुदै, पाल्पामा १ लाख ९९ हजार जनाले मतदान गर्दै (मतदाता संख्या सहित)

प्रेमकान्छा मगर   ३० बैशाख २०७९, शुक्रबार ०६:२४

पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज देशभर मतदान हुदैछ । तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी सम्बन्धित केन्द्रमा पुगेका हुन्  ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्लामा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जिल्लामा १ सय १८ मतदानस्थलमा २ सय ४७ मतदान केन्द्र छन् भने १ हजार ९ सय ७१ कर्मचारी जिल्लाका मतदान केन्द्रमा खटिइसकेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिकामा १६ हजार २८ जना पुरुष १७ हजार ७ सय ४१ जना महिला गरी ३३ हजार ७ सय ६९ जना रहेका छन । त्यस्तै रामपूर नगरपालिकामा १३ हजार हजार ७ सय ६२ जना पुरुष र १५ हजार ३ सय ५ जना गरी जम्मा २९ हजार ६८ जना मतदाता रहेका छन् ।
तिनाउ गांउपालिकामा ७ हजार २ सय ४५ जना पुरुष र ७ सय १ सय ४१ जना महिला गरी जम्मा १४ हजार ३ सय ८६ जना मतदाता रहेका छन् ।
यता निस्दी गाउँपालिकामा ७ हजार हजार ४ सय ९६ जना पुरुष र ७ हजार ५ सय ८९ जना महिला गरी १५ हजार ८५ जना मतदाता रहेका छन् । पूर्वखोला गाउँपालिकामा ६ हजार ५ सय २९ जना पुरुष र ७ हजार १ सय ६९ जना महिला गरी १३ हजार ६ सय ९८ जना रहेका छन् ।
बगनासकाली गाउँपालिकामा ९ हजार ५ सय ५ जना पुरुष र १० हजार ३ सय ३४ जना महिला गरी १९ हजार ८ सय ३९ जना मतदाता रहेका छन् । त्यस्तै माथागढी गाउँपालिकामा ९ हजार ४ सय ८० जना पुरुष र ९ हजार ८ सय ६७ जना महिला गरी जम्मा १९ हजार ३ सय ४७ जना मतदाता रहेको छ ।

यता रम्भा गाउँपालिकामा ८ हजार ४ सय ८७ जना पुरुष र ९ हजार १ सय ७६ जना महिला गरी १७ हजार ६ सय ६३ जना मतदाता रहेका छन् । रिब्दीकोट गाउँपालिकामा ८ हजार ११ जना पुरुष र ८ हजार ३ सय ८४ जना गरी जम्मा मतदाता संख्या १६ हजार ३ सय ९५ जना रहेको छ । रैनादेवी छहरा गाउँपालिकामा १० हजार १ सय ३७ जना पुरुष र १० हजार ३ सय ४ जना महिला गरी २० हजार ४ सय ४१ रहेको मतदाता गरी पाल्पा जिल्ला भरी ९६ हजार ६ सय ८० पुरुष र १ लाख ३ हजार १० गरी जम्मा मतदाता संख्या १ लाख ९९ हजार ६ सय ९० जना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जनाएको छ ।