पाल्पामा मतदाताकाे उत्साहजनक सहभागिता मतपेटिका आउनेक्रम जारी (तस्बिर सहित)

बाेलीखबर   ३० बैशाख २०७९, शुक्रबार २२:४५

पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ ।

निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ ।
१० वटै वडामा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहकाे बताएका छ । यता रामपर नगरपालिकामा भने सबै वडाका मतपेटिका संकलन भई सकेको जनाएकोछ ।

निस्दी गाउँपालिकामा १ नं. वडा बाकामला र ७ नंं वडा ज्यामिरेको मात्र आउन बाँकीरहेकाे बताइएको छ । मतपेटिका जम्मा हुनासाथ स्थानीय तहको राजनीतिक दलको सर्वपक्षीय सहमति अनुसार मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

तस्बिर सबैः प्रेमकान्छा मगर