गोरखनाथ माध्यमिक विद्यालयकाे भवन शिलन्यास

बन्दना पाेखरेल   ११ मंसिर २०७७, बिहीबार ०७:१३

बन्दना पाेखरेल रामपुर पाल्पा मंसीर ११ –

जिल्लाको निस्दी –६ अर्चलेस्थित गोरखनाथ माध्यमिक विद्यालयमा निर्माण हुन लागेको ४ कोठे भवनको नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधारमन्त्री दल बहादुर रानाले एक कार्यक्रमकाबिच शिलन्यास गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै सांसद् रानाले विद्यालयको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अर्चलेको विकास गर्न स्थानीयबासी नै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा प्रदेश सांसद् नारायण प्रसाद आचार्यले केही महिनाभित्र नै रेचेघाटमा पक्की पुलको शिलन्यास गर्न सफल हुने बताउनुभयो ।कार्यक्रममा प्रदेश सांसद् युवराज खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, नेकपा निस्दीका अध्यक्ष हेम बहादुर खाम्चा लगायतको उपस्थिति रहेको थियो ।

गोरखनाथमा यस वर्ष राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ७० लाखको आर्थिक सहयोगमा भुकम्प प्रतिरोधी ४ कोठे विद्यालय भवन बन्न लागेको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलु गैरेको अध्यक्षतामा चलेको कार्यक्रम संचालन प्रध्यानाध्यापक ईश्वरी प्रसाद अर्यालले गर्नुभएको थियो ।