
पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् ।
मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको थियो । भने १० हजार ५ सय ४५ मत खसेको थियो ।
निस्दी १ बाकामलामा २ हजार १ सय १३ मतमा १ हजार ५ सय ५ मत खसेको थियो । निस्दीमा ७ वटा वडा रहेका छन् । यहाँ मूख्य प्रतिस्पर्धामा नेकपा एमाले र नेपाली काँग्रेस रहेका छन् ।