
पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको नेकपा (एमाले) निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ्गबाट आफ्नो विजयी यात्रा सुरु गरेको छ । वडा नं. १ को अध्यक्षमा ७ सय २५ मतका साथ नेकपा (एमाले)बाट यम बहादुर राना निर्वाचित भएको हो ।
यस अघि नेकपा नेपालीे कांगेसले निरन्तर विजयी हासिल गर्दै आएको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको हो । रानाले नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा रहेका पूर्व वडा अध्यक्ष समेत रहेका पूर्ण बहादुर खाँणलाई २८ मतान्तर सहित पछि पारेको हो । खाँणले ७ सय ९७ मत प्राप्त गर्नु भएको थियो । एमालेबाट उम्मेदवारी दिएका अन्य ४ जना सदस्य निर्वाचित भएको छ ।
एमालेका पालिका अध्यक्ष उम्मेदवार मुक्त बहादुर सारुले ७ सय ५५, कांग्रेसका पालिका अध्यक्ष उम्मेदवार गोपाल अयार्यलले ६ सय ८४, एमालेका उपाध्यक्ष उम्मेदवार तिरण कुमारी श्रेष्ठले ७ सय ४७, गठबन्धनका उम्मेदवार राम बहादुर खत्रीले ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निस्दी गाउँपालिका वडा नं. २ को मतपरिणाम आउन जारी रहेको छ ।