पाल्पामा मतपरिणाम आउने क्रम जारीः रामपुरमा कांग्रेस र निस्दीमा एमालेको अग्रता कायमै

बाेलीखबर   १ जेष्ठ २०७९, आईतवार १२:०१

पाल्पा । रामपुर नगरपालिका २ मा नेपाली कांग्रेसका कृष्ण बहादुर दर्जी विजयी हुनु भएको छ । नेकपा एमालेका प्रतिस्पर्धी कृष्ण बहादुर थापालाई पराजित गर्दै दर्जी विजयी हुनु भएको हो ।

दर्जीले ९ सय ९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी थापाले ४ सय १५ मत प्राप्त गर्नु भएको थियो । १ मा कांग्रेसका कपिल बहादुर खाँणको प्यानल बिजयी भइरहेका छन् । रामपुर नगरपालिका १, २ र १० को मतगणना सम्पन्न हुँदा र १० मा एमालेका तोयानाथ सारुको प्यानल विजयी भएको छ ।

रामपुरमा कांग्रेसका गठबन्धन बाट नगर प्रमुखमा कांग्रेसका रमण बहादुर थापाको अग्रता कायम नै रहेको छ । ३ वडाको मतपरिणाम सार्वजनिक हुँदा थापाको २ हजार ८ सय ३०, एमालेका शिव अर्यालले २ हजार ६ सय ४ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले २ हजार ८ सय ४१, एमाले तर्फका उम्मेद्वार दुर्गा देवी रानाले २ हजार ५ सय ८६ मत प्राप्त गर्नु भएको छ ।
रामपुर नगरपालिका वडा नं. १० मा नेकपा एमालेका तोयानाथ सारु निर्वाचित हुनु भएको छ । गठबन्धन बाट कांग्रेसका उम्मेदवार विजय रानालाई पछि पार्दै सारु १ हजार ३ सय ६८ मत सहित विजयी हुनु भएको हो । अहिले रामपुर नगरपालिकाको वडा नं. ९ को मतगणना भैरहेको छ ।

रानाले १ हजार २ सय ५६ मत प्राप्त गर्नु भएको छ । वडा नं. १० मा एमालेका तोया सारुको प्यानल नै विजयी भएको छ ।
यता निस्दी गाउँपालिकाको मतगणना सकिएको दुई वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । आईतबार विहान सम्ममा वडा नं. १ र २ को मतगणना सकिएको छ ।

वडा नं. २ सहलकोटमा फत्ते सिं दर्लामी विजयी भएका छन् । निर्वाचित दर्लामीले ६ सय १३ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै प्रत्यासी कांग्रेसका उम्मेदवार यम बहादुर मश्राङ्गीले २ सय ९६ मत प्राप्त गर्नु भएको छ ।

वडा नं. १ र २ को मतपरिणाम अनुसार एमालेका पालिका अध्यक्ष उम्मेदवार मुक्त बहादुर सारुले १ हजार ३ सय ७६, गठबन्धन बाट कांग्रेसका पालिका अध्यक्ष उम्मेदवार गोविन्द प्रसाद अर्यालले ९ सय ६२, एमालेका उपाध्यक्ष उम्मेदवार तिरण कुमारी श्रेष्ठले १ हजार ३ सय ६६, गठबन्धन बाट माओवादीका उम्मेदवार राम प्रसाद खत्रीले ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले निस्दी गाउँपालिका वडा नं. ३ को मतगणना भैरहेको छ ।

सामाचार तयार पर्दा सम्ममा रामपुर नगरपालिका वडा नंं ९ मा कांग्रेस बिजयी भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।