रामपुर ९ मा नेपाली कांग्रेसको प्यानल बिजयी

बाेलीखबर   १ जेष्ठ २०७९, आईतवार १५:२०

पाल्पा । रामपुर नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । राना ७ सय ६८ मत सहित निर्वाचित भएको हो ।

एमालेबाट अध्यक्षका प्रत्यासी नेत्र गाहालाई ८२ मतले पछि पार्दै रानाले विजयी हासिल गरेको हो । गाहाले ६ सय ८६ मत प्राप्त गरेको थियो । त्यस्तै वडा नं. ९ बाट मेयरका प्रत्यासी कांग्रेसका रमण बहादुर थापालाई ७ सय ५७, एमालेका शिव अर्याललाई ६ सय ९३, उपमेयरका प्रत्यासी कांग्रेसका बालकुमारी थापालाई ७ सय ५४, एमालेका प्रत्यासी दुर्गा देवी रानालाई ६ सय ९५ मत प्राप्त भएको छ ।