
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको मत परिणाम मध्यरातमा सार्वजनिक भएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी भनिएकाे साविको गल्धामा एमालेका दुर्गा बहादुर सोमैको प्यालन नै बिजयी भएका छन् ।
सोमैले ३ सय ६६ मत अन्तरले गठबन्धनका प्रत्यासी रुख चिन्हबाट उम्मेदवार बनेको कालुराम सारुलाई पछि पारेका हुन् ।
निस्दी ५ गल्धाबाट उम्मेदवार बनेका दुर्गा बहादुर सोमैले १ हजार १ सय २२ मत प्राप्त गरेको थिए भने गठबन्धनका प्रत्यासी कालुराम सारुले ७ सय ५६ मत प्राप्त गरेका थिए । निस्दी ५ गल्धामा दुर्गा बहादुर सोमैको प्यानल विजयी बनेका छन् ।