निस्दी-६ अर्चलेमा एमालेबाट मेक बहादुर सुनारीकाे प्यानल विजयी

बाेलीखबर   २ जेष्ठ २०७९, सोमबार ११:४१

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ६ अर्चलेको मतपरिणाम सार्वजनिक भएको छ ।

नेकपा एमाले वडा नं. ६ बाट प्रत्यासी मेक बहादुर सुनारीको प्यानल विजयी भएका छन् । सुनारीले ८२४ पराकिलो मतअन्तरले विजयी भएका हुन ।

गठबन्धनका रुख चिन्हबाट प्रत्यासी बनेका गगन सिं खन्गाहले १०४ मत प्राप्त गरेका थिए । निस्दी गाउँपालिका सबै वडाहरु भन्दा धेरै मतअन्तरले अर्चले वडा विजयी बनेका छन् । पछिल्लो मत परिणाम अनुसार निस्दी गाउँपालिकामा वडा नं.- १ देखि ६ वडा सम्म मा नेकपा एमाले विजयी भएका छन् भने वड नं. ७ मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार वडा नं. ७ ज्यामिरेमा पनि नेकपा एमालेले अग्रता लिएकाे छ।