माथागढी ३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी

बाेलीखबर   २ जेष्ठ २०७९, सोमबार १२:०४

पाल्पा । माथागढी गाउँपालिकाको वडा नं.-३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी भएको छ।

घर्ती मगरले १३७० मत प्राप्त गर्नुभएको थियो। भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक थापाले १२१४ मत प्राप्त गर्नुभएको थियो। १५६ काे मतअन्तरले नेकपा एमालेका प्रत्यासी घर्तिमगरकाे प्यानल विजयी बनेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार माथागढी गाउँपालिकामा वडा नं.-१,२ र ३ मा नेकपा एमाले विजयी भएका छन। भने वड नं.- ५,६,७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ।