रामपुर-४ मा कांग्रेसबाट राम बहादुर राना विजयी

बाेलीखबर   २ जेष्ठ २०७९, सोमबार १२:२९

पाल्पा। रामपुर नगरपालिका ४ को वडा अध्यक्षमा राम बहादुर राना विजयी भएको छ ।
वडाको मतगणना अनुसार नेपाली कांग्रेस बाट राना सहितको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार रानाले १ हजार ३ सय ३ मत प्राप्त गरेको छ ।
त्यस्तै उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विष्णु सारुले १ हजार ७२ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार १, २, ४, ९ नेपाली कांग्रेसले प्यानल नै विजयी हासिल गरेको छ भने वडा नं. ३, ८ र १० वडा नेकपा एमालेले प्यानल नै विजयी हासिल गरेका छन् ।