निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्विप’ (तस्बिरसहित)

बाेलीखबर   २ जेष्ठ २०७९, सोमबार १७:०५

पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा समेत एमालेकी तिरण कुमारी श्रेष्ठले ६६३८ मतसहित विजयी भएकी छिन् । गठनबन्धबाट माओवादी केन्द्रका उम्मेदवार राम प्रसाद खत्रीले ८३० मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार निस्दी गाउँपालिकामा ७ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा यम बहादुर राना, २ मा फत्ते सिं दर्लामी, ३ मा नविन्द्र सोती, ४ मा सन्तबीर सुनारी, ५ मा दुर्गा बहादुर सोमै, ६ मा मेक बहादुर सुनारी र ७ मा मुक्त बहादुर पाटा विजयी भएको निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिएका छन् ।

निस्दी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष तथा वडा नं. १ र ७ बाहेक बाँकी वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै निर्वाचित भएका थिए ।
उता पूर्वखोला गाउँपालिकामा ६ वटै वडाहरुमा एमालेले प्यानल सहित विजयी हासिल गरिसकेका छन् ।

तस्बिरहरूः प्रेमकान्छा मगर