
पाल्पा । निस्दी गाउँपालिकाको वडा नं.–७, ज्यामिरेमा कांग्रेसको विरासतलाई यसपटक नेकपा (एमाले) ले ताेडेकाे छ । नेकपा एमालेका मुक्त बहादुर पाटाको प्यानल विजयी भएको छ ।
पाटा मगरले ९२० मत प्राप्त गर्नुभएको थियो । भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोहन राक्से ७५३ मत प्राप्त गर्नुभएको थियो । १६७ को मतअन्तरले नेकपा एमालेका प्रत्यासी पाटामगरको प्यानल विजयी बनेका हुन् ।
निस्दी गाउँपालिका वडा नं. ७ ज्यामिरे नेपाली कांग्रेसको किल्ला मानिन्छ । तर यस पटकको स्थानीय तह निर्वाचनमा भने एमालेका पाटामगरको प्यानलले विजयी हासिल गरेको छ ।