रामपुर नगरपालिका प्रमुखमा पुनः थापा निर्वाचित उपप्रमुखमा बालकुमारी थापा विजयी

बाेलीखबर   ३ जेष्ठ २०७९, मंगलवार ११:००

पाल्पा । स्थानीय तह निर्वाचनमा रामपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमण बहादुर थापा पुनः निर्वाचित भएकाछन् ।

निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अधिवक्ता शिव अर्याललाई ३ सय ७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएको हो ।

थापाले १० हजार ४ सय ५६ मत र अर्यालले १० हजार ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । उप–प्रमुखमा नेपाली कांग्रेसका बालकुमारी थापा निर्वाचित भएको छ ।

थापाले एमालेका उम्मेदवार दुर्गा देवी रानालाई ५७ मतले पराजित गर्दै थापाले विजयी हासिल गरेकोे हो । थापाले १० हजार ३ सय ७ मत र रानाले १० हजार २ सय ५० मत प्राप्त गरेका छन् ।