
पाल्पा । स्थानीय तह निर्वाचनमा तानसेन गठबन्धनका उम्मेदवार विजयी भएका छन । तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी भएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेको थियो ।
त्यस्तै उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) को प्रतिक्षा सिँजालीले ११ हजार १५१ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गरेका छन् ।