
बन्दना पोखरेल रामपुर पाल्पा
मेची महाकाली बुहारी संयुक्त आवाजले आज पाल्पा जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

पाल्पा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालय काठमाण्डैका लागी बुझाईएको हो । ज्ञापन पत्रमा बर्दीबास १४ महोत्तरीकी ६ बर्षीया गुलाब खातुनको बलात्कार पछि हत्या र न्यायर्पुण प्रर्दशनमा घाईते भएका सन्जय न्यौपानेको मृत्यु भएको यो अवस्थामा मेचि महाकाली बुहारी संयुक्त आवाजले घटनाको निस्पक्ष छानविन र दोषी उपर कडा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्योैपाने समक्ष ज्ञापनपत्र बुझाईएको हो ।

पाल्पा जिल्लाका समग्र बुहारी महिला र बालबालिकाका तर्फबाट सस्थाका संयाेजक शान्ता सोमै र पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापन पत्र बुझाउदै उहाँले महिला र बालबालिकाको मानबअधिकार रक्षा र कानुनको पुर्ण पालन गर्न समेत राज्यको ध्यानकार्षण गराउनु भएको छ ।