
रामपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा २०७४ मा निर्वाचित भई पाच वर्ष कार्यभार सम्हालेका जनप्रतिनिधिलाई फेरि भेटाैला विदाई कार्यक्रम भएको छ ।
वडा अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । गत वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्षमा निर्वाचित दिवाकर देवकाेटा, वडा सदस्यहरु शारदा अाचार्य, पुजा परियार, प्रकाश कुमाल, हरिनाथ ढुंगानालाई स्वागत गरिएको हाे । कार्यक्रममा वडा सदस्यहरु यमबहादुर भुजेल, थिरलाल ढकाल, लाेकमाया कुमाल, छवि विकलाई सम्मान पत्र र पाल्पालि करुवाले विदाई गरिएको छ ।
कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष दिवाकर देवकाेटा, नेपाली कांग्रेस वडा सभापति गाेविन्द देवकोटा, दरैठाटि माविका अध्यक्ष कृष्णकुमार अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल लगायतले अाफ्ना भनाइ राख्नु भएको छ ।
वडा सदस्य लाेकमाया कुमालकाे स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हाे