रामपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतकाे कार्यालय रामपुरकाे अायाेजनामा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ ।
निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख विष्णुदेवि घिमिरे अाचार्य रहनु भएको हाे । उहाले रामपुरमा पाच वर्षको अवधिमा पूरा गर्न नसकेका कामलाई पूरा गर्दै अब रामपुरमा विकास निर्माणका कामले तीव्रता लिने बताउनु भएको छ ।
नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापाले जनताको ईच्छा अनुसार समृद्ध र नमुना रामपुर बनाउने प्रतीवद्द्ता जनाउनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले गर्नु भएको हाे ।
रामपुरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, दस वडाका वडाध्यक्ष, सदस्य गरि ५२ जना निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको हाे ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमालेका नगर अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माअाेवादि केन्द्रका नगर अध्यक्ष यमबहादुर सुनार, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष फणेश्वर गाैतम, राष्ट्रिय जनमाेर्चाका नगर अध्यक्ष पदम पाैडेल लगायतले बाेल्दै नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिनु भएको छ ।

