नेकपा एमाले रामपुरका मेयर उपमेयर मतादाता भेट्दै 

  ५ जेष्ठ २०७९, बिहीबार २२:११

भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयर पदमा लडेका शिब अर्याल आफ्ना मतदातालाइ भेटन थालेका छन । स्थानीय निर्वाचन २०७९ बैशाख ३० सम्पन्न निर्वाचनमा झिनो मतका साथ पराजित भएका अर्याल बिहीबारको दिन रामपुर २ का बस्ति ,कार्यकर्ता र मतदाता सङ्ग बिताए ।
मतदाता सङ्ग दुख सुखका कुराकानी र उनिहरुको आबश्यकताका बिषयमा छलफल गरेका छन ।
रामपुर कै माटोमा जन्मेर हुर्केर उच्च शिक्षाका लागि देश तथा बिदेशको समेत घुमेका एब अधिबक्ता रहेर काम गरिरहेका व्याक्ति आफ्नो जन्म भुमिको माया र यस प्रतिको कर्तव्यले आफु रामपुर फर्केको बताएका छन । रामपुर २ को बिभिन्न ठाउँमा भेटघाट गर्दै नआतिन अर्को निर्वाचन हामि जित्न सक्छै भन्दै सान्त्वना दिएका थिए । उनि आफु उपबिजेता भएपनि जनताका काम दुख सुखमा संगै रहने समेत बताएका छन । उनि हालै सम्पन्न निर्वाचनमा ३७३ मतले मात्र पछि परेका हुन ।
त्यस्तै मतदाता भेटघाटमा उपमेयर पदका उपबिजेता दुर्गादेबि राना , वडाका अध्यक्ष पदका उपबिजेता कृष्ण कानुङ तथा नेता कार्यकर्ताको समुह जनताका घर घर बस्ति बस्तिमा पुगेका छन । उपमेयरका उपबिजेता राना मात्र ५७ भोटले पराजय हुनु परेको थियो ।