
पाल्पा, रामपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। पुन ः निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले विहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनमा विहिबार सपथ ग्रहण गर्नु भए संगै शुक्रबार थापाले नवनिर्वाचित नगर उपप्रमुख बालकुमारी थापा संगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
होटल न्यू श्रीनगरको सभाहलमा भएको सपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवाराज खनाल, निवर्तमान उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नगर भित्रका संघ संस्थाका प्रमुख एवं नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । सपश ग्रहण पश्चात नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदै लुम्बिनी प्रदेस सांसद युवराज खनालले प्रतिपक्षलाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले प्रतिपक्षले विरोध मात्र नगरी रचनात्मक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । संघ र प्रदेश सरकार समन्वय गरेर बिकासमा जोड दिन आग्रह गर्नु भएको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विगत ५ वर्षमा सिकेका अनुभवको सदुपयोग गर्दै समन्वयको माध्यम बाट अघि बढ्ने बताउनुभयो ।
उप प्रमुख बालकुमारी थापाले भन्नुभयो, ‘हामीले चाहे जसरी होईन । रामपुर बासी जनताले चाहे जस्तै उहाँहरुको चाहाना अनुसार हामी अघि बढ्छौं । न्याय र विकासमा भेदभाव नगरी समन्वय गर्दै योजना तथा कार्यक्रम सञ्चालन गर्ने छौं । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे अचार्यले ५ वर्षे कार्यकाल स्थानीय तहको संरचना शुन्य बाट सुरु भएको र यस अवधीमा धेरै चुनौति देखिए पनि सामना गर्दै अघि बढेको स्मरण गर्नुभयो । उहाँले जनताको भवना अनुसार अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आफु सदा नगरपालिका र नगरबासीको साथ मै रहने बताउनुभयो ।
इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्यालले सपथ ग्रहणका प्रतिवद्धतालाई अक्षरस पालना गर्दै गुरु योजना अनुसार अघि बढ्न सकेमा नगरले थप गति लिने बताउनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण प्रसाद अधिकारीले ,कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकालले हिजोका दिनमा जे जस्तो भएपनि समान व्यवहार गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजु प्रसाद श्रेष्ठले विगतको ५ वर्ष राजनैतिक रस्साकस्सीमा वितेको भन्दै यो विकासको अवरोध भएकाले यस बाट पाठ सिकेर अघि बढ्न आग्रह गर्नु भएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कमलराज भट्टराई, नेकपा एमाले जिल्ला सदस्य सरस्वती भट्टराई, एकिकृत समाजवादी पाल्पाका सहसचिव कमल सेन, राष्ट्रिय जनमोर्चा रामपुरका नगर सचिव रामप्रसाद गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी चन्द्र बहादुर थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, अन्धकार मुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष हजिल दिन मिया, रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकालले सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नव निर्वाचित नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागत र कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको हो ।