
पाल्पा, रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरमा एक घर एक कलरको योजना प्रविधिकसंग सल्लाह गरेर अगाडी बढ्ने बताएका छन् । थापाले शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ५ वर्षे कार्यकाल निजमाती कर्मचारीको ब्यवस्थापन तथा कोभिड संक्रमणमा विच वितेको भन्दै अबको योजना कतिबद्ध भएर विकास योजनामा केन्द्रित हुने प्रतिवद्धता बताएका छन् ।
सीताकुण्ड मिडिया प्रा.लि.को आयोजनामा भएको पत्रकार भेटघाटमा खरको छाना रहित नगर, ढल रहितको शहर, उज्यालो नगर, युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान, गौशाला निर्माण, शीतभण्डार लगाएतका अनुकरणीय कार्यलाई अघि बढाएको स्मरण गर्दै विगतका राम्रा कार्यक्रम संगै अन्य योजनालाई अघि बढाउने बताएका छन् र
थापाले २० लाख सम्म व्याज अनुदान दिदै आएको ३० लाख पु¥याउने, साना व्यवसायीक कृषकहरुलाई लक्ष्यित गरी कृषक कार्ड वितरण गर्नुका साथै ३० हजार देखि ५ लाख सम्म विनाधितो ऋणको व्यवस्था गर्ने, नगर भित्रका श्रमिकहरुको लागि अनिवार्य विमा लागु गर्ने, मजदुरहरुको व्यवस्थापनको लागि मजदुर गृह निर्माण गर्ने, मजदुरहरुको ज्यालामा एकरुपता ल्याउने बताएका छन् ।
साथै थापाले सडकलाई फुलैफुलको सडकको रुपमा विस्तार गर्ने योजना रहेको बताएका छन् नगरमा शान्ति सुरक्षा कायम गर्न बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्नुका थापाले सकारात्मक रुपमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई गरेका छन् ।
नव निर्वाचित उपप्रमुख बालकुमारी थापाले म सफा गर्छु, मेरो नगर, कार्यक्रम अघि बढाउने उद्घोष गरेका छन् । थापाले सुत्केरी आमाहरुलाई पोषण भत्ता ५ हजार प्रदान गरीने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले पत्रकारहरु सबैको साझा बन्न आग्रह गरेका छन् । पत्रकार बासुदेव ढकालले छापा मिडिया तथा लोकल्यकारी विज्ञापनमा विशेष ध्यान दिई सञ्चार माध्यम र सञ्चारकर्मीहरुको उत्थानका लागि आवश्यक कदम चाल्न अनुरोध गरेका छन् । सीताकुण्ड मिडिया प्रा.लि.का अध्यक्ष दुर्गेश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीताकुण्ड मिडिया प्रा.लि.का सञ्चालक दान बहादुर हिस्कील गरेका थिए ।