
पाल्पा । रम्भा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । मतगणनामा बिवाद भएपछि केही दिन स्थागित भएकाे थियाे । मत परिणामसंगै एमालेबाट उम्मेदवार बनेका विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा विजयी भण्डारीले ५ हजार ५८६ मत पाएका छन् । अर्का प्रत्यासी नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले ४ हजार ५४२ मत पाए ।
रम्भा गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा पनि अध्यक्ष भण्डारी र उपाध्यक्षमा श्रेष्ठ नै विजयी भएका थिए ।