
बौदिकालि गाउँपालिकामा नव निर्बाचित पालीका अध्यक्ष उपाध्यक्ष आफ्नो पद ग्रहण गर्नु भएको छ । पालीकाका अध्यक्ष प्रकाश ओझाले पद ग्रहण गर्दै केहि निर्णय गर्नु भएको छ । गाउँपालीका भित्रका सवै वडाका विपन्न र जेहन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा आकषिर्क गर्नको लागी प्रतिवडा ७ जनाको दरले प्रति व्याक्ति ५ हजार मासिक छात्राबृत्ति उपलब्ध गराउने बताउनु भएकाे छ ।
आम बौदिकालीबासी महिलालाई सुरक्षित प्रसुति सेवा गाउँपालिका भित्रको र्वथ सेन्टरमा उपलव्ध हुन नसकी अन्यत्र रिफर गर्नु परेमा प्रति महिला रु १० हजारको दरले सहायता उपलव्ध गराउने , सवै नागरिकहरुको पहुचँमा पुर्याउन नेपालको जुनसुकै अस्पतालमा उपचाररत व्याक्तिको जीवन रक्षार्थ रगत तथा रक्त तत्व निशुल्क र सहज उपलब्धता कायम गर्न गाउँपालीकाबाट अनुदान उपलव्ध गराउने , एक एम्वुलेन्स खरीद गर्ने , र गाउँपालीका भित्रका सवै सरकारी र र्सावजनिक जग्गाको लगत संकलन गरि संरक्षण गर्ने र्निणय पदबहालिमा गर्नु भएको छ ।
पदभार सम्हादै अध्यक्ष ओझाले कृषीमा बौदिकालीलाई आत्म निर्भर गराउने बताउनु भएको छ ।
गाउँपालकिाका उपाध्यक्ष डिलकुमारी सारुले पदवाहालि हुदै न्याय र समानताका साथ न्यायीक समीतिको काम गर्ने बताउनु भएको छ । उहाँले महिलाको हक अधिकार सगँै आर्थिक सम्बृद्धिमा जोड दिने बताउनु भएको छ ।हिन्दु परम्परा अनुसार सोमबारको सुभ साहित हेरि कन्यालाइ अगाडि लगाएर पद बहाली गराइएको थियो ।