कुलोमा डुबेर रामपुर ३ का एक बालककाे मृत्यु

बन्दना पाेखरेल   ११ मंसिर २०७७, बिहीबार २१:१४

पाल्पा रामपुर मंसीर ११

रामपुर नगरपालिका ३ रजघराका एक बालकको कुलोमा डुबेर ज्यान गएको छ । रामपुर नगरपालिका ३ रजघराका दामोदर देवकोटाको साढे २ वर्ष छोरा बोधराज देवकोटाको ज्यान गएको हो । आफ्नै घरको आँगनमा खेलिरहेका उनी साढे ४ बजे साँझपख आँगन छेउको कुलोमा उनी डुबेकाे अवस्थामा फेला परेका थिए । हजुरबुबाले देखे पछि तुरुन्तै उद्धार गरिएको थियो ।उनलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको थियो । अस्पताल पुर्याउँदा वित्तिकै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक जंग बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।