बौदिकाली गाउँपालीका अध्यक्ष ओझाले पद तथा गोपनियताको सफत ग्रहण

बोली खबर   १० जेष्ठ २०७९, मंगलवार ०४:५५

नवलपरासी जिल्ला बौदिकाली गाउँपालीकामा सोमबार नव निर्वाचित पालीका अध्यक्ष प्रकास ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतिमा सपथ ग्रहण गर्नु भए संगै सोमबार नवनिर्वाचित उपाध्यक्ष डिलकुमारी सारुसंगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।


सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमीटि सदस्य बाल प्रसाद ठाडा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिका भित्रका संघ संस्थाका प्रमुख एव पालीकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । सपश ग्रहण पश्चात नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदै प्रदेश कमीटि सदस्य ठाडाले सवै मिलेर प्रतिपक्षलाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले समन्वय गरेर बिकासमा जोड दिन आग्रह गर्नु भएको छ । भ्रष्टाचार गर्दीन र गर्न दिन्न भन्दै अगाडि वढ्न आग्रह गर्नु भएको छ ।


नव र्निवाचीत अध्यक्ष ओझाले बोल्दै पालीका बासीको मन र भावना अनुसार काम गर्दै कृषीमा आत्म निर्भर बौदीकाली बनाउने लक्ष्य रहेको बताउनुभयो । ‘हामीले चाहे जसरी होईन । बौदिकालीबासी जनताले चाहे जस्तै उहाँहरुको चाहाना अनुसार हामी अघि बढ्छौं । न्याय र विकासमा भेदभाव नगरी समन्वय गर्दै योजना तथा कार्यक्रम सञ्चालन गर्ने छौं अध्यक्ष ओझाले भन्नु भयो ।


सपथ ग्रहण कार्यक्रममा नेपाली काग्रेशका प्रतिनिधि डिल्लीराम रानाले योजना बिकास योजनाबद्धरुपमा एक वर्षीय बहुबर्षी गरी छुट्टाएर सवैलाई समेटेर लैजान आग्रह गर्नु भएको थियो । नेकपा माओवादी केन्द्र तर्फवाट टंक बहादुर पुलामी , निर्वतमान वडाध्यक्ष यम बहादुर थापा खाणँ , शिक्षकहरुको तर्फवाट डेढगाउँ माबिका प्रअ रामप्रसाद श्रेष्ठ लगाएतले नव निबाचीत जनप्रतिनिधिलाई सफलकार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सन्चालन प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदिले गर्नु भएको हो ।