रामपुरमा दश वडामै पदभार ग्रहण

बोली खबर   १० जेष्ठ २०७९, मंगलवार ०५:१९

पाल्पा, रामपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । नव निर्वाचित वडाका जनप्रनिधिहरुले सपथ ग्रहण संगै सोमबार विहानै वडा कार्यालयहरुमा पुगेर सेवा दिन सुरु गरेका हुन ।

हिन्दु सस्कार र परम्परा अनुसार शुभ साइत हेराएर सबै जसो वडाहरुमा बिहान ११ बजे भित्रै पदभार समालेका छन ।साथै पदभार ग्रहणको क्रममा वडाका राजनैतिक दल, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । निवर्तमान वडा अध्यक्षहरुले निर्वाचित वडा अध्यक्षहरुलाई माईन्युट हस्तान्तरण गरी पदवहाली गराउनु भएको थियो ।

रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँण सहितको वडा प्रतिनिधिले वडा कार्यलय विर्ताबारी, वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जी सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय खयरबोट, वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठक सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय बगाहा, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय देविस्थान, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय बेझाँड, वडा नं. ६ का वडा अध्यक्ष दिवाकार देवकोटा सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय विजयपुर, वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय किसानबारी, वडा नं. ८ का वडा अध्यक्ष दिनेश आचार्य सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय कुमराङ्ग, वडा नं. ९ का वडा अध्यक्ष दिल बहादुर थापा सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय जब्गादी, वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु सहितको वडा प्रतिनिधिहरुले वडा कार्यालय बर्दले पुगेर पदभार ग्रहण सहित सेवा दिन थालेका हुन् ।

यस्तै रामपुर नगरपालिका ६ मा पदवहाली संगै जनप्रतिनिधिहरुको प्रतिवद्धता संगै शुभकामना प्रदान कार्यक्रम भएको थियो । नव निर्वाचित वडा अध्यक्ष दिवाकर देवकोटाले वडामा रहेका शिक्षा बाट बञ्चित बालबालिकाहरुको अभिभारा वडाले लिई अध्ययनको व्यवस्था मिलाउने बताउनु भएको छ । उहाँले वडाले विकासका पूर्वाधार संगै शिक्षालाई जोड दिएर अघि बढ्ने बताउनुभयो । देवकोटाले जनसहभागीता र जनताको माग अनुसार योजना सञ्चालन गर्ने बताउनुभयो ।
आपसीभाईचारको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्ने बताउनुभयो ।

वडा सदस्य सारदा आचार्य, थममाया नेपाली दर्जी, प्रकाश बहादुर कुमाल र हरिनाथ ढुङ्गानाले आफ्ना प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपाने, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकाल, नेकपा एमाले पाल्पाका जिल्ला कमिटी सदस्य सागर प्रसाद देवकोटा, नेपाली कांग्रेस रामपुर नगर समिति सचिव ओम प्रकाश बस्याल, राष्ट्रिय जनमोर्चा रामपुरका सचिव राम प्रसाद गैरे, नेकपा एमाले वडा कमिटी अध्यक्ष लोकनाथ ढकाल, पूर्व वडा सल्लाहाकार सुन्दर प्रसाद देवकोटा, जेष्ठ नागरिक भगवतीदेवी खनाल, सीता कुण्ड दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्ण कुमार अर्याल, विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापा र पृथ्वी टेलिभिजनका व्यवस्थापक कृष्ण पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडाका इन्जिनियर शंकर कंडेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन बासुदेव ढकालले गर्नु भएको हो ।