पूर्वखाेला गाउँपालिका बालबालिकाको अभिभावक बन्ने घाेषणा

बाेलीखबर   १२ जेष्ठ २०७९, बिहीबार २३:१८

पाल्पा । पूर्वखोला गाउँपालिका पुर्वखोलामा नव निर्वाचित जनप्रतिनिधिसंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा पूर्वखोला लार्इ अभिभावक विहिन बालबालिकाको अभिभाबक बन्ने अध्यक्ष नुन बहादुर थापाको बताउनु भएको छ । पूर्वखोलाले तय गरेको नारा शिक्षा स्वास्थ्य पर्यटन सडक कृषी सहितको पुर्वाधार, पूर्वखोला विकासको आधार भन्ने नारालाई सार्थकता दिन अगाडि बढ्ने बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य नारायण आचार्यले बोल्दै सबैलाई समेटेर सबैका मनोभावना र विकास प्रतिको चाहाना बुझेर काम गर्न आग्रह गदैैै सांसद आचार्यले पर्वखोला गाउँपालिकामा हाल सम्म सबै तहले संघ र प्रदेशको सहकार्यमा ८० प्रतिशत घरमा खानेपानी पुगेको बताउदै आगामी २ बर्ष भित्रमा सवै पूर्वखोलाबासीलाई शुद्ध र एक घर एक धारा पुर्याउने लक्ष्य रहेको बताउनु भएको छ ।

आर्चायले देशको जनमतका आधारमा एमाले पहिलो पार्टी रहेको बताउदै जितका आधारमा भलै दोस्रो स्थानमा होला भन्दै पूर्वखोला गाउँपालिकामा रहेको पुर्वखोलामा ४ ठाउँमा हाईड्याम निर्माण गर्ने बताउनु भएको छ । पूर्वखाेला गाउँपालिका अध्यक्ष थापाले अधुरा र अपुरा सबै योजना सम्पन्न गर्ने बताउदै सघिंयताको मर्म अनुसार आगनको सरकार बनि सेवा प्रवाह गर्ने बताउनु भएको छ ।

जल,जमिन, जंगल र जनशक्तिको प्रयोग गरि कुल ग्रास्थ उत्पादनलाई बढाउने बताउनु भएको छ । विद्युतमा काठको पोल सवै विस्तापित गर्ने, पशुपालन र कृषीमा जोड दिने बताउनु भएको छ । त्यस्तै कार्यक्रममा उपाध्यक्ष भागीरथि भट्टराईले बोल्दै न्याय, समानता र सबृद्धिको आधार तयार गरि महिला दिदि बैनि एव र्पुवखोला बासीलाई आत्मनिर्भर गराउने बताउनु भएको छ ।

उपाध्यक्ष भट्टराईका अनुसार सुशासन र न्याय सम्पादन गर्दा न्यायीक हुने बताउनु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मानबहादुर सारुले वोल्दै जनताकाम चुस्त दुरुस्त गराउने भन्दै राज्यको तिनै अंगलाई जनता प्रति उत्तरदायी बनाउने पत्रकार रहेको भन्दै व्यथितिपनी उजागर गर्दै राम्रा काम बाहिर ल्याउन आग्रह गर्नु भएको थियो । बोली खबरका सम्पादक बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सन्जु परियारको स्वागत र कन्दरा न्युजका डिल्ली पंगेनीको सन्चालनमा भएको थियाे । पत्रकार भेटघाट कार्यक्रम गण्डकीबेशी मिडिया प्रालिद्वारा सञ्चालित  बोली खबरको आयोजना , कन्दरा न्युजको सहआयोजना र पूर्वखोला गाँउपालिकाको आर्थिक सहयोगमा भएको हो ।