
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते भएका छन् ।
शनिवार राती करिव ९.३० बजे रामपुर ६ बिजयपुर देखि रामपुर ४ तर्फ जाँदै गरेको मोटरसाइकल रामपुर अस्पताल नजिक कालीगण्डकी करिडोरको बहखोला पुल नजिकै दुर्घटना भएको हो ।
लु ७३ प ३६०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर नगरपालिका ४ का अन्दाजी ५० बर्षका इन्द्र बहादुर घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम बहादुर केसीले जानकारी दिनुभयो । घाइतेको निधारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।
घर्तीले आफै चलाएको मोटरसाइकल अनियन्त्रित भई बहखोला किनारमा पुगेको हो ।