
रामपुर नगरपालीका १० होस्दिमा डिपबोरिङ्ग सिलन्यास सम्पन्न भएको छ । रामपुर नगरपालीका १० होस्दिमा डिपबोरिङ्गका लागी काम सुरु गरिएको छ । घण्टौ समय लागेर पानी बोक्नु पर्ने बाध्यता रहेका जनताको मुहारमा पानीको काम हुन लाग्दा धेरै खुशी छाएको छ ।
सङ्घिय खानेपानी तथा सरसफाइ मन्त्रालय बाट एक करोड उनासी लाख बराबरको क्रमागत बजेटमा परे सङ्गै काम सुरु गरिएको हो । आयोजना सम्पन्न हुदा होस्दि क्षेत्रका १४५ घर परिवारले खाने पानीको सुबिधा पाउने छन ।
उपभोक्ता समिति मार्फत हुने आयोजनाको अध्यक्ष रन बहादुर सिङ्जालीका अनुसार होस्दि डिप बोरिङ खानेपानी आयोजनाको सिलन्यास वडा अध्यक्ष तोयानाथ सारुले मुल पुजा गरे सङै सुरु भएको हो ।
वडा अध्यक्ष सारुले बोल्दै योजना सफल गर्नका लागि सहयोग गर्नेु हुने माननीय दल बहादुर राना र थान प्रसाद पंगेनी रामु कोइराला , लिला गाहा र रेशम पंगेनी र सबै राजनीतिक दलका साथीहरूलाई धन्यवाद दिनु भएको छ । उहाँले आफु सधै जनताको साथमा रहेको बताउनु भएको छ ।