पुर्बखोलामा सिलाइकटाई र चप्पल बनाउने तालिम सुरु

बोली खबर   १५ जेष्ठ २०७९, आईतवार २१:१७

पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्गनेरहमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम- MEDPA” भन्ने मूल नाराका एड्भान्स सिलाइकटाई तालिम र चप्पल बनाउने तालिम सुरु  भएको छ ।

पुर्बखोला गाउँपालीकाका अध्यक्ष नुन बहादुर सारु प्रमुखको आसन बाट बोल्दै आर्थिक समृद्धिका लागी उद्यमशीलता गर्दै आफु र समाजलाइ रुपान्तरण गर्नका लागि सकृय भएर सिक्न आग्रह गर्नु भएको छ ।

गाउँपालीका उपाध्यक्ष भागीरथि भट्टराईले बोल्दै उद्यमशीलताले महिलालाइ सामाजिक र आर्थिक रुपमा स्थापित गर्न सहयोग गर्ने बताउदै सधै बुवा दाइ र श्रीमान सङ हात थाप्नु पर्ने बाध्यता बाट परिवारमा सहयोग गर्न सक्ने बन्न शुभकामना दिनु भएको छ ।
पूर्वखोला गाउँपालिकाको आयोजनामा ग्रामिण उद्यमशीलता विकास केन्द्रको सहजिकरण एवं समन्वयमा शुभारम्भ भएको तालीममा १२ जना चप्पल र सिलाइ एड्भान्स ८ जना सहभागी भएका छन ।

वडा न ३ को वडाअध्यक्ष कृष्ण भट्टराईको अध्यक्षमा भएको कार्यक्रमको सहजकर्ता इश्वरी भण्डारीले गर्नु भएको हो ।