
गणतन्त्र दिवसको अबसर पारी रामपुर साहित्यिक प्रतिस्थापन एबम मुक्तक मन्च रामपुरले गणतन्त्र विशेष रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।
मुक्तक मन्च रामपुर सस्थाका अध्यक्ष स्वप्निल निरबको अध्यक्षतामा भएको कार्यक्रममा 20जनाको सहभागीता रहेको थियो ।कार्यक्रममा सहभागीहरुले गणतन्त्रका बिषयमा रचना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम रामपुर नगर पालिकाको पर्यटकीय स्थान तालपोखरामा भएको थियो । गणतन्त्र विशेष कार्यक्रमको सन्चालन मुक्तक मन्च रामपुरको उपाध्यक्ष समीर पौडेलले गर्नु भएको थियो ।