
पाल्पा । निस्दी गाउँपालिमा ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताउनु भएकाे छ । निस्दी गाउँपालिमा आईतबार भएको पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उक्त कुरा बताउनु भएकाे हाे । उहाँले अपाङ्गता भएका पहेलो कार्ड वालालाई पनि कार्यविधि बनाएर भत्ता दिने बताउनु भएको हाे ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा नवनिर्वाचित जनप्रतिनिधि र पार्टी प्रमुखसंग पत्रकार भेटघाट कार्यक्रममा आईतवार उक्त कुरा बताउनुभएको हो । अध्यक्ष सारुले पत्रकार भेटघाटमा बोल्दै निस्दी गाउँपालिका कृषि , पशु र पर्यटनको सम्भावना रहेकोले सोही अनुरुप कार्यक्रम गरिने बताउनुभयो ।
उहाँले यहाँ स्थानिय उत्पादन अदुवा बेसार गेडागुडी कोदो जस्ता बस्तुको ब्राण्डीङ गरी आत्म निर्भर निस्दी र सबृद निस्दी बनाउने बताउनु भएको छ । शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी जस्ता आधारभुत आवश्यकता सहित मानबिय र सामाजिक बिकासमा जोड दिने पालिकाको लक्ष्य रहेको वताउनु भएको छ ।
सामुदायिक विद्धुत विस्तारमा सबैको चासो रहेकोले यसलाई प्राथमिकताका साथ लाग्ने र निकट भविश्यमै उज्यालो निस्दी बनाउने योजना रहेको पत्रकार भेटघाटमा जानकारी गराउनु भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले महिलाहरुको हकहित एवम् सचेतनाका कार्यक्रमहरु सन्चालन गर्दै महिलालाई राज्यको मुल धारमा ल्याउन आर्थिक विकासमा जोड दिने बताउनु भएको छ । न्याय सुशासन र समानता सहितको निस्दी बनाउन आफुलागी पर्ने बताउनु भएको छ ।
त्यस्तै वडा नम्बर–६,अर्चलेका वडाध्यक्ष तथा प्रवक्ता मेख बहादुर सुनारीले स्थानीय सेवाग्राहीहरुलाई समयमै सेवा दिन र मानव संसाधनमा जोड दिने बताउनुभयो । कार्यक्रममा वडा नम्बर–२,सहलकोटका वडाध्यक्ष फत्तेसिं दर्लामीले भौतिक पूर्वाधार बिकास गर्न कार्ययोजना सहित कार्य सन्चालन गरिने बताउनुभयो ।
त्यस्तै वडा नम्बर–३, झिरुबासका वडाध्यक्ष नविन्द्र थापा सोतीले निर्वाचनको बेलामा गरेका प्रतिबद्धता अनुसार योजना तथा कार्यक्रम सन्चालन गर्ने बताउनुभयो । वडा नम्बर–४,मित्यालका वडाध्यक्ष सन्तबिर सुनारीले जनताको सेवा गर्न आएको भन्दै सदैब तत्पर रहेको बताउभयो । त्यसैगरी वडा नम्बर–५,गल्धाका वडाध्यक्ष दुर्ग बहादुर सोमैले सामुदायिक विद्धुतको कार्यलाई समयमै सम्पन्न गर्न आफू अतुर रहेको बताउनुभयो ।
नेकपा एमालेका निस्दी गाउँ कमिटीका अध्यक्ष नर बहादुर सुनारीले निस्दीको बिकासका कामहरुलाई जनप्रतिनिधिहरुको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिब यज्ञमूर्ती तिमिल्सिनाले गाउँपालिकाको हरेक कार्यक्रममा जनचासो रहने भएकोले सोही अनुरुप कार्यसन्चालन ध्यान दिन सुझाव दिनुभएको थियो ।
पत्रकारहरुले उठाएका जिज्ञासाबारे नवनिर्वाचित जनप्रतिनिधिहरुले उत्तर दिनुभएको थियो । प्रेस चौतारी पाल्पाका जिल्ला उपाध्यक्ष बन्दना पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रममा जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सन्चालन भएको थियो भने सचिब नारायण न्यौपाने ले सन्चालन गर्नुभएको हो ।