रामपुर सहकारीले दुर्घटना बिमा रकम हस्तान्तरण

बाेलीखबर   १६ जेष्ठ २०७९, सोमबार १८:४५

पाल्पा । रामपुरमा मोटरसाईकल दुर्घटनामा मृतक प्रेम बहादुर सार्कीको श्रीमती मिना कुमारी सार्कीलाई विमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।  रामपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष, संचालक समिति सदस्यहरु तथा सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठ मार्फत १ लाख रुपैया चेक हस्तान्तरण गरेको हो ।

रामपुर बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले आफनो शेयर सदस्य प्रेम बहादुर सार्कीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीसंगको साझेदार गरी संस्थाका सबै शेयर सदस्यहरुको विमा गरिएको संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले बताउनु भयो । श्रेष्ठले बचत तथा ऋण सेवा मात्र नभइ संस्थाका सबै शेयरसदस्यहरुको आर्थिक तथा दिगो विकासका लागि जीवन स्तरमा थप राहत मिलोस भनेर दुर्घटना विमाको आवधरणा ल्याएको बताउनु भयो ।

सगरमाथा इन्स्योरेन्स रामपुर शाखामा प्रमुख डोलराज श्रेष्ठले संस्थासंग साझेदारी गरेर संस्थाका शेयर सदस्यहरुको सेवा मात्र नभई आर्थिक स्तरमा टेवा पुग्ने दावी गर्नु भएको छ । श्रेष्ठले विमा हरेक क्षेत्रमा अपहारिर्य रहेको बताउदै कसरी छिटो छरितो सेवा दिन सकिन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्ने बताउनु भएको छ । कार्यक्रम संस्थाका सचिव लेखनाथ शर्माले संचालन गर्नु भएको थियो ।